दफा ३७
निरीक्षकको नियुक्ति
(१) विद्युत उत्पादन, प्रसारण वा वितरणको निरीक्षण र रेखदेख गर्नको लागि नेपाल सरकारले आवश्यकता अनुसार प्रमुख विद्युत निरीक्षक र विद्युत निरीक्षकहरु नियुक्त गर्न सक्नेछ ।
(२) प्रमुख विद्युत निरीक्षक तथा विद्युत निरीक्षकको लागि चाहिने योग्यता तोकिए बमोजिम हुनेछ ।
(३) प्रमुख विद्युत निरीक्षक तथा विद्युत निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।